| |
|
|
|
| Follow us: |
|
 |
|
 |
|
|
| |
| |
|
|
| About Us |
 |
| |
 |
| |
 |
| |
 |
| |
 |
| |
 |
| |
 |
| |
 |
| |
| Media Partner: |
 |
| Namaste FM |
|
| |
|
|
|
| |
परिचय: |
|
|
| |
बढ्दो प्रविधि तथा सहरिकरणले आजको समयमा मानिसहरुको आवश्यकता दिन प्रतिदिन बढ्दै गइरहेको छ । ति मध्येका सबै आवश्यकताहरु एकै स्थानमा उपलब्ध नभएको हुनाले धेरै स्थान चहार्नु पर्ने तथा समय फाल्नु पर्ने बाध्यता देखिएको छ । व्यस्तताले गर्दा धेरै व्यक्तिहरु आफूलार्इ आवश्यक सेवाहरुबाट वञ्चित हुनु परिरहेको छ । साथै कुनै पनि व्यवसायीले आफ्नो व्यवसायका सेवाको जानकारी हरेक ग्राहक समक्ष पुर्याउनका निम्ती दिनरात तत्पर रहन्छन् । यसै कुरालार्इ मध्यनजर गर्दै अनलाइन मार्फत स्थानिय बजारका सम्पूर्ण विषयवस्तु तथा सेवाहरुको जानकारी गराउन यस संस्था इन्फर्मेशन वर्ल्ड नेपालको स्थापना भएको हो । |
|
| |
|
|
|
| |
प्रमूख उद्देश्य: |
|
|
| |
नेपालको अस्तव्यस्त सूचनाको बजारलाई एक स्थानमा राखी, सहज बजारको निर्माण गर्ने । |
|
| |
|
|
|
| |
परिकल्पना: |
|
|
| |
- जनप्रीय संस्थाको रुपमा स्थापित हुने । |
|
| |
- राष्ट्रका हरेक गाउँ, सहर तथा बजारका व्यक्तिलार्इ सफल प्रयोगकर्ताका रुपमा स्थापित गर्ने । |
|
| |
|
|
|
| |
एक दर्शनः |
|
|
| |
- व्यवसायी, ग्राहक र सामाजिक सञ्जाल (रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन) बीचको परस्पर सम्बन्ध नै विकासको मार्ग हो भन्ने कुरामा |
| |
हामी विश्वास गर्दछौं । |
|
|
| |
- सम्पूर्ण सूचनालाई आजका यूवा पुस्ता ग्राहक वर्ग तथा नेपालका करिब ८ प्रतिशत इन्टरनेट प्रयोगकर्ता (लगभग २२ लाख) नेपालीहरु समक्ष |
| |
पुर्याउने हाम्रो संकल्प हो । |
|
|
| |
- हामी मजबुत सहकार्य, स्पष्ट उद्देश्य र राम्रा परिणामबाट नै श्रेष्ठता हासिल गर्न सकिने कुरामा विश्वस्त छौँ । |
|
| |
- राष्ट्र, समाज र व्यक्तित्वप्रति योगदान नै हाम्रो प्रमूख दर्शन हो । |
|
| |
|
|
|
| |
इन्फोवर्ल्ड किन महत्वपूर्ण छ ? |
|
|
| |
इन्फोवर्ल्ड नेपालकै पहिलो आकर्षक वेब लिस्टिङ मोडेल, दुरदृष्टि योजना तथा मजबुत सहकार्य भएको 'लोकल सर्च इन्जिन सर्भिस' संस्था हो । खास गरी बढ्दो प्रविधि तथा बजारीकरणले मानिसहरुको आवश्यकता बढिरहेको अवस्थामा वस्तु तथा सेवा उपलब्ध गराउने थलो निकै फराकिलो हुँदै गएको छ । तसर्थ, आजको समयमा वस्तु र सेवाको लागी मात्र नभई बजारका सूचनाका लागी पनि धेरै स्थान सम्पर्क गर्नु पर्ने अवस्था छ । यसै कुरालाई मध्यनजर गरी स्थानिय बजारका सम्पूर्ण सेवाहरुको सूचनालाई राष्ट्र स्तरसम्म निरन्तर पुर्याउनको निम्ती यस संस्था 'इन्फरमेशन वर्ल्ड नेपाल' को स्थापना भएको हो । |
|
| |
|
|
| |
इन्फोवर्ल्ड नै रोज्नु पर्ने कारणहरु: |
|
|
| |
- इन्फोवर्ल्ड रोज्नुको प्रमुख कारण भनेको नै आकर्षक तथा सजिलो लिस्ट मोडेल हो । |
|
| |
- सस्तो विज्ञापन तथा सूचना प्रविधि |
|
| |
- अधिक तथा अग्रीम जानकारी |
|
| |
- पैसा र समयको बचत |
|
| |
- आवश्यक जानकारी चौबिसै घण्टा उपलब्ध |
|
| |
- वृहत बजार तथा राष्ट्र व्यापिकरण |
|
| |
- सफलताको मापदण्ड |
|
| |
|
|
| |
इन्फोवर्ल्डमा दिइएका सेवाहरु विज्ञापन मात्र नभर्इ, दैनिक जीवनशैलीको आधारभूत सूचना पनि हो । |
|
| |
|
|
| |
के हो लोकल सर्च इन्जिन सर्भिस ?
आजका युवापुस्ता, ग्राहक होस् वा व्यापारी, शिक्षक, विद्यार्थी, रोजगार देखी बेरोजगार लगायत सबैका लागी इन्टरनेटको संसार अपरीहार्य हुँदै गएको छ । इन्टरनेटमै सन्देश आदान–प्रदान गर्ने बिल बुझाउने, साथी बनाउने, तथा रोजगार खोज्ने कुरा अहिले सामान्य भइसकेको अवस्था छ । इन्टरनेटमै अबको पालो भने 'लोकल सर्च इन्जिन सर्भिस' को रहेको छ । जुन सर्भिसले विश्वको कुनै पनि कुनामा रहेको व्यक्तिलाई स्थानिय बजारका सम्पूर्ण व्यवसाय, संस्था, उत्पादन तथा अवसर लगायतको जानकारी गराउनुका साथै यो व्यवसायीहरुको "विजनेस प्रोमोसन" गर्ने उत्कृष्ट माध्यम पनि हो ।
खास गरी व्यवसायीहरुले आजका समय सम्म आइपुग्दा टि.भी., रेडियो पत्रिकाहरुमा विज्ञापन दिईरहेकै अवस्थामा पनि "लोकल सर्च इन्जिन सर्भिस" (Local Search Engine) मा पनि जानकारी राख्नु अत्यन्त जरुरी छ । किनभने कुनै व्यवसायको बिज्ञापन प्रकाशन हुँदा व्यक्तिले देशको कुनै पनि स्थानबाट कुनै पनि समयमा जानकारी पाउन भने पक्कै पनि सम्भव छैन । यस्तो अवस्थामा यदि कुनै पनि ग्राहकले व्यवसायिको फोन नंम्बर, बिजनेशको ठेगाना वा अधिक जानकारी चाहिएको समयमै खोजिरहेको छ तर पाउन सकेन भने आजका युवापुस्ता ग्राहकवर्गले असुविधा महसुस गर्न सक्छन् । अर्को महत्वपूर्ण कुरा के हो भने 'लोकल सर्च इन्जिन सर्भिस' को नेटवर्क एरियामा कुनै सिमा हुँदैन र आम परम्परागत बिज्ञापन शैलीभन्दा निकै अधिक हुन्छ । परम्पगत विज्ञापनमा व्यवसाय वा सेवाको जानकारी त्यहाँ सम्म मात्र प्रसारण हुन सक्छ, जहाँसम्म उक्त विज्ञापन स्रोतको नेटवर्क (Frequency) छ ।
हो, Local Search Engine एउटा यस्तो माध्यम हो, जहाँ संसारको जुनसुकै कुनाबाट र जुनसुकै समयमा एक क्लिकको भरमा ग्राहकले चाहेको जानकारी समयमै प्राप्त गर्नसक्छन् । अन्य माध्यम सरह निश्चित समय कुरेर बस्नु पर्दैन र त्यसमा जस्तो पैसा पनि खर्चिनु पर्दैन तथा एक पटक बिर्सेको जानकारी फेरी थाहा पाउन धेरै समय पर्खि रहनु पर्दैन ।
अत: 'लोकल सर्च इन्जिन सर्भिस' एउटा विज्ञापन प्रणाली मात्र नभई दैनिक जीवनमा प्रयोग हुने अपरिहार्य सूचना प्रविधि पनि हो ।
|
| |
|
|
|
|
|
| |
|
|
| |